१० माघ २०८१ बिहीबार
image/svg+xml
राजनीति

अब नेपाली आइटी कम्पनीले विदेशमा कमाएर पैसा ल्याउन सक्छन्ः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आइटी क्षेत्रलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रूपमा विकास गर्न सरकारले काम गरिरहेको बताएका छन्। उनले आइटी क्षेत्रमा काम गर्नेहरूका लागि सरकारले नयाँ पहल गरिरहेको उल्लेख गरेका छन्।

सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘नेपालमा आइटीको क्षेत्रमा काम गर्नेहरूका लागि केही कानुनी अप्ठ्याराहरू थिए। अब नेपाली आइटी कम्पनीहरूले विदेशमा लगानी गर्न, विदेशमा शाखा कार्यालय खोलेर पैसा कमाउन र त्यसरी कमाएको पैसा कानुनी रुपमा भित्र्याउन पाउने भएका छन्।’  

ओलीले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आइटीमा गरेको कमाइ स्वदेश भित्र्याउन सहज बनाउने कानून राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको जानकारी दिएका छन्। यसले आइटी क्षेत्रलाई विदेशी मुद्रा आर्जनको एक महत्त्वपूर्ण उद्योगका रूपमा विकास गर्ने उनको विश्वास रहेको छ।

प्रकाशित: २७ पुस २०८१ १३:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App