२७ पुस २०८१ शनिबार
image/svg+xml
राजनीति

युवाहरूको आत्मसम्मान र खुशीका लागि नेपालमै रोजगारी प्रमुख एजेण्डा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै युवाहरूलाई आत्मसम्मान र खुशीका साथ नेपालमै बस्न सक्ने वातावरण सिर्जना गर्नु आजको मुख्य राजनीतिक एजेण्डा भएको बताए। 

उनले आफ्नो कमाइबाट खुशी हुन सक्ने रोजगारी अहिलेको पहिलो राजनीतिक एजेण्डा रहेको उल्लेख गर्दै भने, ‘नेपालको अहिलेको सबैभन्दा ठूलो राजनीतिक एजेण्डा भनेको नेपालका युवाहरूले नेपालमै बस्न सक्ने गरी आफ्नो आत्मसम्मान राख्दै, खुशी हुने गरी कमाइ गर्न सक्ने रोजगारी सिर्जना गर्नु हो।’ 

थापाले थप्दै भने, ‘म रोजगारीको यो छलफललाई प्रधानमन्त्रीको कोठामा पुर्‍याउन चाहन्छु। मैले कोशिश गरिरहेको छु। आज भनेको कुरा त्यसकै एउटा उदाहरण हो। म पार्टी सभापतिको कोठामा हुने छलफलमा यो विषय उठाउन चाहन्छु।’ महामन्त्री थापाले नेपालमा पाइने रोजगारीले खुसीसाथ बस्न सकिने वातावरण बनाउन सकेमात्र युवाहरू नेपालमा बस्ने स्पष्ट पारे।

प्रकाशित: २६ पुस २०८१ २०:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App