राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने स्थलमार्ग हुँदै काठमाडौं आउने भएका छन् ।
केही बेरअघि सभापति लामिछाने स्थलमार्ग हुँदै आफ्नै गाडीमा पोखराबाट काठमाडौं हिँडेका हुन् ।
रवि हवाई बाटै काठमाडौं आउने भनिएता पनि नेता कार्यकर्ताको ठूलो समूह भएकाले स्थलमार्गबाट काठमाडौं आउन लागेका बताइएको छ। सबैका लागि हवाई टिकट नपाएपछि उनी गाडीमा आउन लागेका हुन्।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बिहीबार ६५ लाख धरौटी बुझाएर छुटेका उनी शुक्रबार काठमाडौं आएर आइतबार अदालतमा उपस्थित हुन लागेका हुन् ।
लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको अभियोगमा मुद्दा दायर भएको थियो ।
यता काठमाडौंमा भने कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पनि उनीविरुद्ध मुद्दा दायर भएको छ।
प्रकाशित: २६ पुस २०८१ १५:१० शुक्रबार