२७ पुस २०८१ शनिबार
image/svg+xml
राजनीति

'समृद्धिको आकाङ्क्षा पूरा गर्ने हो भने राजनीतिक स्थायित्वको सुनिश्चिततासहित दक्ष जनशक्ति अपरिहार्य'

सत्तारूढ दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले समृद्धिको आकाङ्क्षा छिटो पूरा गर्ने हो भने राजनीतिक स्थायित्वसहितको दक्ष जनशक्ति आवश्यक पर्ने बताएका छन्।

शुक्रबार (आज) उनले फेसबूकमा लेखेका छन्, 'नेपालको विकास र समृद्धिको आकाङ्क्षा छिटो पूरा गर्ने हो भने राजनीतिक स्थायित्वको सुनिश्चिततासहित दक्ष जनशक्ति विकास अपरिहार्य छ।'

उनले यसका लागि अपनाउनुपर्ने बुँदासमेत दिएका छन्। जुन यसप्रकार छन्।

१. जागिरमुखी शिक्षालाई उद्यमशीलता, व्यापार र व्यवसाय उन्मुख शिक्षामा जोड दिनु पर्दछ। प्राविधिक र व्यावसायिक शिक्षाको भार ६० प्रतिशतभन्दा माथि पुर्‍याउनु पर्दछ ।

२. शारीरिक र मानसिक रूपमा स्वस्थ जनशक्तिको विकासमा जोड दिनु पर्दछ। तदनुरूपको चेतना, पूर्वाधार र सामर्थ्य विकासमा जोड दिनु पर्दछ ।

३. हरेक नागरिकलाई आधुनिक प्रविधि र यन्त्र उपकरण प्रयोगको क्षमता र पहुँच सुनिश्चित गरिनु पर्दछ ।

४. पुँजीको निर्माण र पुँजी परिचालनमा जोड दिनु पर्दछ। त्यसका लागि बचत संस्कृतिको विकास गर्नु पर्दछ ।

५. अबको युवा जनशक्तिलाई देश भित्रै उद्यमशीलता, व्यापार-व्यवसाय र नवप्रवर्तनमा लाग्ने र जुट्ने वातावरण तयार गर्नु पर्दछ। त्यसका लागि व्यवस्थापिक सीप र क्षमताको विकासमा जोड दिनु पर्दछ।

प्रकाशित: २६ पुस २०८१ २३:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App