२७ पुस २०८१ शनिबार
image/svg+xml
राजनीति

रवि पोखराबाट काठमाडौं आउँदै, आइतबार मात्रै अदालत उपस्थित हुने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पोखराबाट काठमाडौं आउन लागेका छन् ।

लामिछाने आज नै पोखराबाट काठमाडौं आउन लागेको रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। रवि आज नै काठमाडौं आएपनि अदालतमा भने आइतबार मात्रै उपस्थित हुने उनले बताए।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बिहीबार ६५ लाख धरौटी बुझाएर छुटेका उनी शुक्रबार काठमाडौं आएर आइतबार अदालतमा उपस्थित हुन लागेका हुन् ।

लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको अभियोगमा मुद्दा दायर भएको थियो ।

यता काठमाडौंमा भने कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पनि उनीविरुद्ध मुद्दा दायर भएको छ।

प्रकाशित: २६ पुस २०८१ १३:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App