नेपाली कांग्रेसका नेता शेखर कोइराला बेलायत उडेका छन्।
बेलायतको संसद भवन (वेस्ट मिन्स्टर) मा आयोजना हुने कार्यक्रममा भाग लिन उनी आज त्यसतर्फ गएका हुन्।
नेपाली कांग्रेस र बेलायतको लेबर पार्टी बिच वि पी कोइरालाको समयदेखि नेपाल र बेलायतबिच सम्बन्ध रही आएको छ।
बेलायतमा रहँदा कोइरालाले लेबर पार्टीका मन्त्री, सांसद र विपक्षी दलका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।
प्रकाशित: २५ पुस २०८१ १२:५१ बिहीबार