२३ पुस २०८१ मंगलबार
image/svg+xml
राजनीति

रावल, पाण्डे र तिम्सिनामाथिको कारबाही अनुमोदन

डा. भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सिनामाथिको नेकपा (एमाले) को कारबाही केन्द्रीय कमिटीबाट अनुमोदन भएको छ।

आइतबार (आज) काठमाडौंमा सुरु भएको केन्द्रीय कमिटी बैठकबाट उक्त कारबाही अनुमोदन भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

गौतमका अनुसार बैठकले पछिल्लो १० महिनायता पार्टीले गरेका निर्णयहरू अनुमोदन भएका छन्। ‘पछिल्लो दश महिनाको अवधिमा पोलिटब्यूरो, केन्द्रीय सचिवालयले गरेका निर्णयहरू महासचिवले अनुमोदनको लागि प्रस्ताव गर्नुभयो। र, ती निर्णयहरू अनुमोदन भइसकेको छ,’ गौतमले भने।

एमालेले रावललाई पार्टीबाटै निष्कासित गरेको छ। पाण्डे र तिम्सिनालई भने ६ महिनाका लागि निलम्बन गरेको छ। यसकारण उनीहरू अहिलेको बैठकमा छैनन्।

रावलले त मातृभूति जागरण अभियान सञ्चालन गरिसकेका छन्। अहिले उनी देशदौडाहा अभियानमा छन्। 

प्रकाशित: २१ पुस २०८१ १८:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App