२३ पुस २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘परराष्ट्र नीति: सन्तुलन कायम गर्न सरकार दृढ’

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको परराष्ट्र नीतिमा सन्तुलन कायम गर्न सरकार दृढ रहेको बताएका छन्।

आइतबारदेखि सुरु पार्टी केन्द्रीय कमिटीको आठौँ बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले नेपालको परराष्ट्र नीतिमा सन्तुलन कायम गर्न असंलग्नताको सिद्धान्तमा सरकार दृढ रहेको बताएका हुन्।

उनले नेपाली स्वाभिमान र सार्वभौमिकताको रक्षा सरकारको प्रमुख जिम्मेवारी भएको समेत बताए।

प्रधानमन्त्री ओलीले भारत र चीनसँग समानरूपमा सहकार्य गर्दै जलवायु संकट, आर्थिक सहयोग, र क्षेत्रीय स्थायित्वमा जोड दिए। प्रतिवेदनले विदेशी लगानी आकर्षित गर्न ठोस कूटनीतिक प्रयासहरू आवश्यक रहेको औंल्याएको छ।

प्रकाशित: २१ पुस २०८१ १५:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App