२२ पुस २०८१ सोमबार
image/svg+xml
राजनीति

यो सरकार अर्को निर्वाचनसम्म रहन्छ : उपप्रधान सिंह

फाइल तस्विर

उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान  सिंहले सबै पक्षको सहमतिमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका छन्।  

नेपाली कांग्रेसका नेता सिंहले शनिबार बर्दिवासमा पार्टी कार्यकर्तासँगको भेटमा वर्तमान सरकार संविधान संशोधन गर्ने सहमतिका साथ गठन भएको बताउँदै संसदमा प्रतिनिधित्व गर्ने सबै दलसँग संविधान संशोधनका बारेमा पर्याप्त छलफल र गृहकार्य गर्नुपर्नेमा उनको जोड थियो।  

उपप्रधानमन्त्री सिंहले स्थिर सरकारले नै मुलुकलाई विकास निर्माणको मार्गमा अग्रसर हुन योगदान गर्ने बताए। “यो सरकार प्रतिनिधिसभाको अर्को निर्वाचनसम्म रहनेछ”, उनले भने, “वर्तमान सरकार बनेयता आमजनमानसमा अब बीचमा सरकार ढाल्ने र बन्ने खेल नहुने आश जागेको छ।” साथै उनले पार्टी कार्यकर्तालाई ऊर्जावान् भएर सङ्गठन विस्तारमा लाग्न आग्रह समेत गरेका छन्। रासस

प्रकाशित: २० पुस २०८१ १३:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App