१४ माघ २०८२ बुधबार
image/svg+xml
राजनीति

ओलीलाई रावलको प्रश्न: अध्यक्षमा उम्मेदवारी दिँदा सदस्यता खान मिल्छ ?

नेकपा एमालेबाट निष्कासित पूर्व उपाध्यक्ष भीम रावलले आफुले अध्यक्ष पदमा उम्मेदवारी दिएकै कारण सदस्यता खारेज गरिएको दाबी गरेका छन्। बुधबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

‘अध्यक्ष पदमा उम्मेदवार दिएबापत स्पष्टीकरण खानुपर्ने ?,’ रावलले एमाले अध्यक्ष ओलीलाई प्रश्न गर्दै भने, ‘मेरो सदस्यता नै तपाईँले खान मिल्छ र ?’

अध्यक्ष पदमा उम्मेदवारी दिएकै कारण कारबाही भोग्नुपर्ने भए यसअघि झलनाथ खनाल र माधव नेपालसँग किन प्रतिस्पर्धा गरेको भन्दै रावलले ओलीलाई प्रश्न गरे ।

प्रकाशित: १७ पुस २०८१ १३:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App