१७ पुस २०८१ बुधबार
image/svg+xml
राजनीति

मध्यपुरले संस्कृतिलाई नासिन दिने छैन: मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मध्यपुर थिमि नगरपालिकाले संस्कृतिलाई कहिल्यै नाश हुन नदिने विश्वास व्यक्त गरेका छन्।

मध्यपुर थिमि नगरपालिकाले आयोजना गरेको तीनदिने मध्यपुर महोत्सवको समापन समारोहमा सम्बोधन गर्दै मन्त्री पाण्डेले महोत्सवले देशभरका अन्य महोत्सवहरूका लागि प्रेरणा दिने बताए।

"भौगोलिक रूपमा सानो भए पनि मध्यपुर थिमिले विशाल संस्कृतिको संरक्षण गरिरहेको छ," मन्त्री पाण्डेले भने "महोत्सवमा प्रस्तुत सामग्री हेर्दा यो महोत्सव मात्रै नभएर खुला संग्रहालयजस्तै लाग्छ।"

उनले महोत्सवले हाम्रो संस्कृति र जीवनपद्धतिको विकासको झल्कोसमेत दिएको उल्लेख गरे।

महोत्सवको तीन दिनको अवधिमा पाँच लाखभन्दा बढी आगन्तुकले अवलोकन गरेको आयोजकले जनाएको छ। महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी र बिक्री वितरण गरिएको थियो।

प्रकाशित: १४ पुस २०८१ २०:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App