१३ पुस २०८१ शनिबार
image/svg+xml
राजनीति

बुर्लाकोटीलाई प्रश्न- संसदीय दलको नेतामा वाग्ले कि श्रेष्ठ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले सन्तुलन मिलाएर पार्टीको संसदीय दलको नेता चयन गर्ने बताएका छन्।

नागरिकको जिज्ञासामा उनले भने, 'अहिलेसम्म हाम्रो पार्टीमा प्राय: निर्णयहरू सर्वसम्मत रूपमै हुँदै आएको छ । केही विषयमा मात्रै पार्टी सभापतिले केही मेहनत गर्नुपर्‍यो । यसमा पनि हामीले सन्तुलन मिलाएर सबैको सहमतिमै निर्णय लिन्छौँ ।'

डा. स्वर्णिम वाग्ले र विराजभक्त श्रेष्ठमध्ये कसलाई छान्ने ? भन्ने प्रश्नमा बुर्लाकोटी भन्छन्, 'त्यसरी नै त भन्न गाह्रो हुन्छ अहिले । तर, सन्तुलन मिलाएर हामी निर्णय लिन्छौँ ।'

त्यसो त संसदीय दलको नेतामा वाग्ले र श्रेष्ठका अलावा पनि कार्यवाहक सभापति डोलप्रसाद अर्याल र सहमहामन्त्री सुमना श्रेष्ठले दाबी पेस गरेका छन् ।

तर, वाग्ले र श्रेष्ठमध्येमा नै एकजना चयन हुने नेताहरूले बताएका छन् । वाग्ले उपसभापति हुन् भने श्रेष्ठ दलका पूर्वउपनेता हुन्।

यो पनि पढ्नुहोस्

रास्वपा संसदीय दलको नेतामा को ?

 

प्रकाशित: १२ पुस २०८१ २०:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App