नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले डा. भीम रावल आफ्नै कर्मले पार्टीबाट बाहिरिएको बताएका छन् ।
नेपाल उद्योग तथा व्यवसायी महासंघले शुक्रबार नवलपुरको गैंडाकोटमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।
उनले अधिकारको खोजी गर्ने तर, आफ्नो कर्तव्य पूरा नगर्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै पार्टीबाट बाहिरिनेहरू आफ्नै कर्मले बाहिरिएको बताए ।
'जसले एमाले सिध्याउन लागेका छन्, उनीहरूलाई बडा चिन्ता लागेको छ, उनीहरूले बडा दुःख व्यक्त गरेका छन्, अनुशासनहीनता उद्देश्य प्राप्तिका लागि तगारो हुने गर्दछ,’ उनले भने ।
उनले अनुशासित भएर पार्टीलाई अगाडि बढाउनेमा सबै गम्भीर हुनुपर्ने बताए ।
प्रकाशित: १२ पुस २०८१ १६:४५ शुक्रबार