सत्ता साझेदार दल नेपाली कांग्रेसले अहिले मन्त्री हेरफेर गर्न नहुने बताएको छ ।
नागरिकसँग संक्षिप्त कुराकानी गर्दै कांग्रेस नेता मीन विश्वकर्माले भने, 'अहिले मन्त्री हेरफेर गर्नुहँदैन भन्ने बुझाइ कांग्रेसको छ ।'
उनले अहिले मन्त्री फेर्दा घाटा हुने बताए । 'अहिले नीति तथा कार्यक्रम अर्कैको छ, बजेट अर्कैको छ । अहिलेका मन्त्रीहरूले ढिलासुस्ती नगरे र भ्रष्टाचार नगरे त्यही ठूलो कुरा हो । त्यसैले अहिले मन्त्री फेर्नुहुँदैन, थप घाटा हुन्छ,' नेता विश्वकर्माले भने ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको हवाला लगाएर केहीले मन्त्रिपरिषद् पुनर्गठनको हल्ला हलाएको बताए । 'केही हल्ला चलाएका रहेछन् तर, खासमा मन्त्री फेर्नेबारे कांग्रेसभित्र छलफल भएको छैन,' उनले भने, 'एमालेभित्र पनि छैन रे !'
उनले प्रधानमन्त्री मन्त्रीहरूको कार्यसम्पादनसँग असन्तुष्ट हुनुलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए ।
यो पनि पढ्नुहोस्
प्रधानमन्त्रीले मन्त्रीहरू फेर्न चाहेका हुन् ?प्रकाशित: ५ पुस २०८१ २०:१६ शुक्रबार