४ वैशाख २०८२ बिहीबार
image/svg+xml २:२८ पूर्वाह्न
राजनीति

'यो सरकार धेरै टिक्दैन'

नेकपा (एकीकृत समाजवादी) की उपाध्यक्ष जयन्ती देवी राईले वर्तमान सरकार धेरै नटिक्ने बताएकी छन् ।

नागरिकसँग संक्षिप्त कुराकानी गर्दै उपाध्यक्ष राईले भनिन्, 'वर्तमान सरकार धेरै टिक्दैन ।'

उनले सरकारभित्र गडबड भइरहेको बताइन् । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) भित्र पनि चारवटा समूह रहेको उल्लेख गर्दै उनले भनिन्, 'यो सरकार आफ्नै कारण ढल्छ । यो बुझ्न कठिन छैन ।'

उपाध्यक्ष राईले सरकारका ठूला दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) बीच कतिपय कुराहरूमा मत बाझिन थालेको बताइन् ।

प्रकाशित: २ पुस २०८१ १६:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App