सहकारी छानबिन समितिका सभापति सूर्य थापाले सहकारी ठगीमा संलग्न र फरार व्यक्तिहरूलाई आकशमै गए पनि प्रतिवेदनले नछाड्ने बताएका छन् ।
मंगलबार (आज) काठमाडौंमा भएको एक साक्षात्कार कार्यक्रममा उनले यस्तो बताएका हुन्
‘सहकारी ठगीमा संलग्न र फरार व्यक्तिहरू अब जहाँसुकै भए पनि जोगिने अवस्था छैन,' उनले भने, 'पानीमुनि गए पनि छाड्दैन, आकाशमै गए पनि छोड्दैन । पातालमुनि गए पनि छाड्दैन ।'
उनले आफ्नो सभापतित्वमा तयार भएको प्रतिवेदनले राष्ट्रिय जागरण, जागृति र कर्तव्यबोधको अनुभूति गराएको दाबी गरे ।
थापा नेतृत्वमै बनेको संसदीय प्रतिवेदनका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित दर्जनौंमाथि अनुसन्धान भइरहेको छ ।
प्रकाशित: २ पुस २०८१ १६:३१ मंगलबार