२१ पुस २०८१ आइतबार
image/svg+xml
राजनीति

नेकपा (एमाले) सबै स्थानीय तहका वडामा पुग्ने

नेकपा (एमाले)ले अगामी माघदेखि चैतभित्र देशभरका सबै स्थानीय तहमा पुग्ने योजनासहितको ६ बुँदे संकल्प प्रस्ताव पारित गरेको छ । 

दुई दिनसम्म चलेको ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ कार्यशालाबाट संगठन सुदृढिकरणसम्बन्धी संकल्प प्रस्ताव पारित गराउँदै एमालेले माघ, फागुन र चैत महिनामा ७५३ वटै स्थानीय तहका सबै वडामा पुग्ने योजना बनाएको हो ।

नेता विष्णु रिजालले संगठनलाई थप बलियो र जनअपेक्षा अनुसार प्रभावकारी बनाउन वडासम्मै अभियानलाई विस्तार गर्ने योजना पार्टीले लिएको बताए । उनका अनुसार, सदस्यता नविकरण, नयाँ सदस्यता निर्माण, जनगुनासो सम्बोधन हुन गरी एमालेले पार्टी निर्माणमा युद्धस्तरमा गतिशील बन्ने बताएको छ ।  

कार्यशालामा संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए भने १० वटा समूहको तर्फबाट छलफलको निष्कर्ष प्रस्तुत गरिएको थियो ।  

कार्यशालामा पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल लगायतले सम्बोधन गरेका थिए । 

प्रकाशित: ३० मंसिर २०८१ १८:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App