२८ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जलश्रोतको विषयमा पर्याप्त बहस नहुँदा साझा धारणा बन्न सकेन्ः अध्यक्ष थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले जलश्रोतको विषयमा पर्याप्त राष्ट्रिय बहस नहुँदा साझा धारणा बन्न नसकेको बताएका छन्।  

शुक्रबार पार्टीद्वारा आयोजित ‘नेपालमा जलश्रोतको चुनौती र समाधान’ विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन्। उनले कुनै एउटा मुलुकको स्वार्थ पूर्तिका लागि मात्र नेपालको जलसम्पदा प्रयोग हुने विषय प्रधान भएको आरोप पनि लगाए। पूर्वऊर्जामन्त्री समेत रहेका थापाले दीर्घकालीन नीति तर्जुमा गर्न राज्य असफल भएकोमा चिन्ता व्यक्त गरेका छन्।  

कार्यक्रममा जलश्रोत विज्ञ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले राजनीतिकरणको चपेटा र कमिसनको खेलले नेपालको जलश्रोत क्षेत्र तहसनहस भएको बताए।

प्रकाशित: २८ मंसिर २०८१ १६:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App