२८ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

व्यवस्था परिवर्तन भयो, अवस्था उस्तै छ भनेर गलत भाष्य बनाउन खोजियो : उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तन भएसँगै विकासको काम पनि भएको दाबी गरेका छन्। शुक्रबार चितवनमा नेशनल सिटी अस्पतालको भवन समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले व्यवस्था परिवर्तन भयो, अवस्था उस्तै छ भनेर गलत भाष्य बनाउन खोजिएको आरोप पनि लगाए।  

उनले भने, “केही पनि भएको छैन भनेर यहाँ जुन भाष्य बनाउन खोजिएको छ। ०४६ पछाडी जन्मिएको पुस्तालाई त्यो भन्दा अगाडि कस्तो थियो? थाहा नहुन सक्छ। आफ्नै बुबाहरूसँग,अघिल्लो पुस्तासँग सोध्न सकिन्छ।” उपप्रधानमन्त्री सिंहले थपे, “व्यवस्था मात्रै परिवर्तन भएको छैन, विकासको काम पनि भएको छ। सामाजिक आर्थिक क्षेत्रमा पनि धेरै परिवर्तन भएको छ।” उनले परिवर्तनको आभास हरेक नागरिकमा पुर्याउन केही समय लाग्ने भन्दै सरकारले त्यसका लागि काम गरिरहेको पनि उल्लेख गरे।  

त्यस्तै उपप्रधानमन्त्री सिंहले प्राप्त अधिकारलाई सुरक्षित गर्दै अब देशलाई विकासको बाटोमा लैजान सबै लाग्नुपर्नेमा जोड दिएका छन्। 

प्रकाशित: २८ मंसिर २०८१ १५:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App