सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौंबाट पोखरा लगिएको छ। रवि चढेको बुद्ध एयरको जहाज केही समय अघि मात्र पोखरामा अवतरण भएको छ।
बुधबार बिहान मात्र रविलाई पर्साबाट काठमाडौं ल्याइएको थियो। त्यसपछि उनलाई पोखरातर्फ लगिएको हो।
रविलाई पोखरा पुर्याएसँगै रास्वपाका कार्यकर्ताहरूले पोखराकै पृथ्वीचोकमा प्रदर्शन गरिरहेका छन्। नारा जुलुस गरिरहेका उनीहरुले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेका छन्।
रविलाई पोखराबाट बयानका लागि वीरगन्ज लगिएको थियो। मंगलबार एक दिनमै बयान सकेर आज पोखरा फर्काइएको हो।
प्रकाशित: २६ मंसिर २०८१ १४:३० बुधबार