२८ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सरकारका ५० वर्ष पुराना नीतिहरूले अहिले काम गर्नुपरेको छ : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले बनाएका ५० वर्ष पुराना नीतिहरूले अहिले काम गर्नुपरेको बताएका छन्। शुक्रवार आयोजित नेपाल जग्गा तथा आवास विकास महासङ्घको तेस्रो महासभामा बोल्दै उनले यस्तो बताएका हुन्। ढकालले सरकारले घरजग्गा कारोबार, जग्गा हदबन्दी सम्बन्धी नीतिहरूलाई सरकारले समय सापेक्ष बनाउन आवश्यक रहेकोमा जोड दिएका छन्।  

उनले भने, ‘सरकारले बनाएका ५० वर्ष पुराना नीतिहरूले अहिले काम गर्नुपरेको छ। घरजग्गा कारोबार, जग्गा हदबन्दी सम्बन्धी नीतिहरूलाई सरकारले समय सापेक्ष बनाउन आवश्यक छ। सरकारले विगतमा ल्याएका नीतिहरू गलत भए परिमार्जन गर्न सक्नुपर्छ। जग्गा हदबन्दी सम्बन्धी ऐन परिमार्जन गर्न सरकारले समय लगाउनु हुँदैन।’  

उनले थपेका छन्, ‘लगानी सम्मेलनमा ८ कानूनहरू संशोधन भए तर निजी क्षेत्रले दिएका सबै कानूनहरू परिवर्तन भएनन्। त्यहीअनुसार सरकारले कार्यविधि बनाएको भए अर्थतन्त्रले गति लिने थियो। घरजग्गा सम्बन्धी ऐनहरू परिमार्जन गर्नु भनेको व्यवसयीक फाइदा मात्रै छैन। घरजग्गा कारोबार बढ्यो भने राज्यलाई राजश्व वृद्धि हुन्छ।’  

कार्यक्रममा व्यवसायीहरूले घरजग्गा कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउनको लागि नीतिगत व्यवस्था गर्न आवश्यक रहेको बताए। उनीहरूले सरकारले नीतिगत रुपमा घरजग्गा कारोबारलाई गतिशील बनाउन नसक्दा विद्यमान आर्थिक मन्दीबाट मुलुक माथि जान नसकेको उल्लेख गरे । घरजग्गा कारोबारलाई सरकारले नीतिगत रुपमा व्यवस्थित गर्न नसक्दा समस्या आएको व्यवसायीहरूले बताएका छन्। 

प्रकाशित: २८ मंसिर २०८१ १९:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App