११ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेता खनाल र चीनका उपप्रधानमन्त्री छुएश्याङबीच भेटवार्ता

चिन भ्रमणमा रहेका पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र चीनका उपप्रधानमन्त्री दिङ छुएश्याङबीच भेटवार्ता भएको छ।

सोमबार बेइजिङ स्थित ग्रेट हल अफ द पिपलमा खनाल र उपप्रधानमन्त्री दिङ छुएश्याङबीच भेटवार्ता भएको हो। 

भेटमा खुला समाजवादी आधुनिकीकरण सन्दर्भमा छलफल भएको खनालको सचिवालयले जनाएको छ।

छलफलमा नेपाल, पाकिस्तान, इजिप्ट, बेल्जियम, अष्ट्रेलिया लगायत देशका पूर्व प्रधानमन्त्री साथै इथियोपियाका पूर्व राष्ट्रपति र विभिन्न मुलुकका वरिष्ठ राजनीतिक नेताहरू सहभागी थिए।

उक्त छलफलमा पूर्व प्रधानमन्त्री खनालले उपप्रधानमन्त्री दिङ छुएश्याङसँग बेल्ट एन रोड इनिसिएटिभ (विआरआई) को सिलसिलामा अगाडि सारिएको नेपाल र चीनबिच रेलवे निर्माणसहितको ट्रान्स हिमालयन कनेक्टिभिटी निर्माण गर्ने सन्दर्भमा छलफल गरेका छन्।

प्रकाशित: १८ मंसिर २०८१ १३:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App