१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

शान्तिपूर्ण रूपमा मतदान सम्पन्न हुँदा देउवा खुसी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएकोप्रति खुसी व्यक्त गरेका छन् ।

मतदान सम्पन्न भएपछि विज्ञप्ति जारी गर्दै देउवाले खुसी व्यक्त गरेका छन् । यस अवसरमा उनले निर्वाचन आयोग, राजनीतिक दलहरू, पत्रकार तथा सम्बद्ध सबैलाई धन्यवाद भनेका छन् ।

'शान्तिपूर्ण एवम् भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा उपनिर्वाचन सम्पन्न गराउन सफल भएकोमा नेपाल सरकार र निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छु । यसैगरी मतदान कार्यमा अहोरात्र खटिनु भएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, पत्रकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकलगायत उत्साहजनक सहभागिता जनाई मतदान गर्नु हुने सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइलाई नेपाली कांग्रेसको तर्फबाट हार्दिक धन्यवाद प्रकट गर्दछु,' देउवाले भनेका छन् ।

स्थानीय तह उपनिर्वाचनको मतदान आइतबार सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म धाँधली पनि कहीँ भएको छैन ।

प्रकाशित: १६ मंसिर २०८१ १९:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App