मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष पदका लागि भइरहेको मतदानमा आज मध्यान्ह १२ बजे सम्ममा ९ हजार ७ सय ८ मत खसेको छ।
२६ हजार ४४ मतदाता रहेको ग्रामथान गाउँपालिकामा दिउँसो १२ बजेसम्म ९ हजार ७ सय ८ मतदान भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी रामराज पौडेलले जानकारी दिए।
धान भित्राउने सिजन भएकाले बिहान भन्दा दिउँसो हुँदै जाँदा ग्रामथान गाउँपालिकाका मतदान स्थलहरूमा मतदाताको उपस्थिति बाक्लो हुँदै गएको छ। आज बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म सञ्चालन हुने छ। मतदान सकिए लगत्तै आजै रातीदेखि मतगणना पनि सुरू गर्ने तयारी भइरहेको पौडेलले जानकारी दिए।
प्रकाशित: १६ मंसिर २०८१ १३:०८ आइतबार





