चार देशका राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिएका छन्।
आइतबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा आयोजित समारोहमा नेपालका लागि अमेरिका, जर्मनी, साउदी अरब र अष्ट्रेलियाका राजदूतको शपथ ग्रहण गराएका हुन्।
अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी, जर्मनीका लागि डा. शैल रुपाखेती, साउदी अरबका लागि डा. नरेशविक्रम ढकाल र अष्ट्रेलियाका लागि चित्रलेखा यादव नियुक्त भएका थिए।
प्रकाशित: १६ मंसिर २०८१ १३:०१ आइतबार





