स्थानीय तह उप निर्वाचन अन्तर्गत मोरङको ग्रामथान गाउँपालिकामा हुने उप निर्वाचनका लागि स्थानीय प्रशासनले शनिबार राती १२ बजेदेखि उप निर्वाचन अवधिभर सवारी साधन आवतजावतमा रोक लगाएको छ।
जिल्ला प्रशासन कार्यालय मोरङले शनिबार सूचना प्रकाशित गरी मंसिर १५ गते राती १२ बजेदेखि मंसिर १६ गते मतदान सम्पन्न नभएसम्मका लागि सवारी साधन आवतजावतमा रोक लगाएको जनाएको छ।
सवारीसाधन आवतजावतमा रोक लगाइएका क्षेत्रहरूमा बुढीगंगा गाउँपालि का – ७ डंग्राहा पूर्वको भाग , विराटनगर १९ मिलन चोक उत्तरको भाग,कटहरी गाउँपालिका ७ भौडाहा पश्चिमको भाग र सुन्दरहरैंचा १ हरैंचा दक्षिणको भाग रहेको छ।
आज राती १२ बजे देखि अनुमति प्राप्त सवारीसाधन बाहेक ग्रामथान गाउँपालिका क्षेत्रमा अन्य सवारीसाधन आवतजावतमा रोक लगाइएको र ग्रामथान गाउँपालिका प्रवेश गर्ने नाकाहरूमा पनि सवारीसाधनको आवतजावतमा रोक लगाइएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले जानकारी दिए।
प्रकाशित: १५ मंसिर २०८१ १८:३५ शनिबार