कोसी प्रदेश सरकारले गत असोजमा अविरल वर्षाले पुर्याएको क्षतिको पुनः निर्माणका लागि मर्मत सम्भार तथा पुनर्निर्माण कोष सञ्चालन कार्यविधिलाई स्वीकृत गरेको छ।
शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले मर्मत सम्भार तथा पुनः निर्माण कार्यविधि–२०८१ स्वीकृत गरेको हो।मन्त्रीपरिषद् बैठकको निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता भुपेन्द्र राईले मर्मत सम्भार तथा पुनः निर्माण कार्यविधि २०८१ स्वीकृत गरेको जानकारी दिए।
बैठकले केचना–कञ्चनजंगा पर्यटन विकास समिति गठनको पहिलो संशोधन २०८१, उद्योग कृषि तथा सहकारी मन्त्रालयले पेस गरेको रकमान्तरको प्रस्तावलाई समेत स्वीकृत गरेको बताए।]
बैठकले खानेपानी सिँचाइ उर्जा मन्त्रालयको एसआइपी फेज २ को म्याद थप गर्ने, सुख्खा स्थानमा स्यालो ट्युबेल सिचांइ विशेष कार्यक्रम कार्यान्वयन कार्यविधि २०८१ लाई पनि स्वीकृत गरेको मन्त्री राईले जानकारी दिए।
प्रकाशित: १४ मंसिर २०८१ १७:१९ शुक्रबार