२८ चैत्र २०८१ बिहीबार
image/svg+xml १८:४२ अपराह्न
राजनीति

कांग्रेस, एमाले र माओवादीबीच भाग नमिल्दा न्यायाधीश नियुक्ति हुन सकेनः अध्यक्ष लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सही नेतृत्व र सही व्यवस्था नपाउँदा देश बन्न नसकेको बताएका छन्।  

बिहीबार काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सही नेतृत्व र सही व्यवस्था नहुँदा देश बन्न नसकेको जिकिर गरे। उनले राजनीतिक दलका मानिसहरुलाई न्यायाधीशमा, अख्तियारमा नियुक्ति गर्दा न्याय मरेको जिकिर गरे।

उनले सरकारी निकायहरुमा कांग्रेस, एमाले, माओवादीले भाग लगाएर नियुक्ति गरिरहेको बताए। सर्वोच्च अदालतमा कांग्रेस, एमाले, माओवादीबीच भाग नमिल्दा न्यायाधीश नियुक्ति हुन नसकेको दाबी गरे।

उनले भने, ‘देश अहिलेसम्म बन्न नसक्नुको कारण हामीले ठिक नेतृत्व पाएनौँ। यिनीहरुले ल्याएको व्यवस्था ठिक भएन। आज हेर्नुस् त मान्छे तिनै छन्। न्यायाधीश उनीहरुले नियुक्ति गर्ने, काँग्रेस, एमाले, माओवादी भाग लगाएर न्यायाधीश नियुक्ति गर्दछन्। भ्रष्टाचार ग¥यो भने कारबाही गर्ने निकाय अख्तियारमा काँग्रेस, एमाले, माओवादीले भाग लगाएर नियुक्ति गरेका छन्। संवैधानिक अंगहरुमा चाहे त्यो मानव अधिकार आयोग होस्, अरु कुनैपनि आयोग हुन्, तिनीहरुमा दलको भागबण्डाबाट नियुक्ति हुन्छ। सल्लाहबाट नियुक्ति हुन्छ। सर्वोच्चमा अहिले न्यायाधीशको पद खालि भएको छ। कांग्रेस, एमाले र माओवादीको बीचमा सल्लाह मिल्न सकेको छैन। उनीहरु दलाली गरिरहेका छन्। त्यहाँ न्यायाधीश होइन, काँग्रेस, एमाले र माओवादीको मान्छे त्यहाँ लगेर राख्छन्। कसरी न्याय हुन्छ देशमा। नेता पनि ठिक छैन, यिनीहरुले ल्याएको व्यवस्था पनि ठिक छैन। नेतृत्व पनि र यो व्यवस्था पनि हामीले परिवर्तन गर्नुपर्नेछ।’

प्रकाशित: १३ मंसिर २०८१ १७:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App