१९ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

परराष्ट्रमन्त्री राणा चीन प्रस्थान

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा चीन प्रस्थान गरेकी छन्। चिनियाँ समकक्षी वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा उनी बिहीबार चीन उडेकी हुन्। 

मन्त्री राणाले बेइजिङ बसाईंका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीबारे छलफल गर्नेछिन् । प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन जानेछन्।

यस्तै दुई देशबीचको आपसी हितका विविध विषयमा पनि छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

राणाले मङ्सिर १४ गते आफ्ना चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित: १३ मंसिर २०८१ १२:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App