नेपाल विद्युत् प्राधिकरणले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीका लागि नयाँ कार्यकक्ष निर्माण गरिदिएको छ ।
मन्त्री दीपक खड्कासँगको सम्बन्ध सुमधुर हुन नसकिरहेका समय कार्यकारी निर्देशक कुलमान घिसिङले नयाँ कार्यकक्ष बनाइदिएका हुन् ।
नयाँ कार्यकक्षामा मन्त्री खड्का बुधबार नै पुगेका थिए । उनलाई लामबद्ध कर्मचारीहरूले फूलका बुकेहरुले स्वागत गरेका थिए ।
प्राधिकरणले मन्त्रीको कार्यकक्षका साथै मिटिङ कक्ष पनि बनाएको छ।
प्रकाशित: १९ मंसिर २०८१ १४:०१ बुधबार