मन्त्रीपरिषद्को बैठक आज बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बिहान ९ बजे बोलाएका हुन्। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ।
पूर्वसभामुख दमननाथ ढुंगानाको निधनपछि राज्यले उनलाई दिने सम्मानका विषयमा सरकारले निर्णय गर्ने बुझिएको छ। त्यस्तै बैठकले केही आवश्यक विषयमा पनि निर्णय गर्न सक्ने बताइएको छ।
मन्त्रिपरिषद्को सोमबार बस्ने बैठक नियमित भएकाले केही नियुक्तिसँगै प्रशासनिक निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रकाशित: ३ मंसिर २०८१ ०७:०३ सोमबार