२ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

उम्मेद्वार नदिन धम्क्याइएको रास्वपाको आरोप,सुरक्षाको प्रत्याभूति दिलाउन माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो दलबाट उम्मेद्वारी दिनेलाई धम्की आएको बताएको छ। पार्टीले आज विज्ञप्ती जारी गर्दै उम्मेद्वारी नदिन पार्टीका उम्मेद्वारलाई धम्की आएको जनाएको हो। हुम्लाको सर्केगाड गाउँपालिको उपाध्यक्षमा उम्मेदवार बन्ने तयारी गरेकी सुजाता थापालाई उम्मेद्वारी दिने  निर्णय फिर्ता लिन बाध्य पारिएको जनाएको छ।

रास्वपाले सुजातालाई डरत्राशमा राखेर उमेद्वारी दिनबाट रोकिएको दाबी गरेको छ। त्यहाँ रास्वपाले सुजतालाई गाउँपालिका उपाध्यक्षको टिकट दिएको थियो। 

कार्यबाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तीमा आफ्ना पार्टीका उम्मेद्वारलाई सुरक्षाको प्रत्याभूति गराउन माग गरिएको छ।

उपनिर्वाचन हुने अन्य क्षेत्रमा पनि रास्वपाका सम्भावित उम्मेदवारहरुलाई डर धम्की दिने काम भइरहेको उनले सो पार्टीले जनाएको छ। सुरक्षा निकायले पनि चित्तबुझ्दो पहल नगरेको बुर्लाकोटीले गुनासो गरेका छन्।  

 

प्रकाशित: २ मंसिर २०८१ १३:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App