१ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

खेलकुदले राष्ट्रलाई एक बनाउँछः महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले खेलकुदले राष्ट्रलाई एक बनाउने बताएका छन्।

शनिबार ललितपुरमा आयोजित झापा निर्वाचन क्षेत्र नम्बर एकले आयोजना गरेको झापा-१ काठमाडौं कप फुटसल प्रतियोगितामा सहभागी जनाउँदै उनले खेलकुदले राष्ट्रलाई एक ढिक्का बनाउन मद्दत गर्ने बताएका हुन्।

उनले राजनीतिले फरक-फरक ठाउँ उभ्याएका व्यक्तिहरूलाई खेलकुदले एकै ठाउँमा ल्याउन सक्ने सुनाए। राजनीति गर्ने मान्छेले राजनीति मात्रै प्रथम र अन्तिम सोच्नु नहुने उनको सुझाव छ।

उनले भने, ‘राजनीति गर्ने मान्छेले राजनीति मात्रै प्रथम र अन्तिम सोच्नु हुँदैन। राजनीति बाहेक जीवनका अन्य धेरै पाटाहरू छन्। राजनीतिले फरक फरक ठाउँ उभ्याएका मान्छेहरुलाई पनि कला, साहित्य, सङ्गीत, खेलकुदले एउटा ठाउँमा उभ्याउँछ। सबैलाई जोड्ने चिज भनेको साहित्य, सङ्गीत, कला हो। यसको मजा अर्कै छ। फुटबलमा जसरी नियममा बाँधिन्छौं, त्यसरी नै राजनीतिमा पनि सिक्नुपर्छ। स्पोर्ट्सबाट अनुशासन सिक्नुपर्छ।’

उनले राजनीतिकर्मीहरुले खेलकुदबाट अनुशासन सिक्नुपर्ने उल्लेख गरे।

प्रकाशित: १ मंसिर २०८१ १५:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App