२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml
राजनीति

आत्मालोचना गर्दै दाहालले भने: हामी बद्लिन चाहन्छौँ, नयाँ आन्दोलन गर्न चाहन्छौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताका आवश्यकता र चाहनालाई कतिपय अवस्थामा ध्यान दिन नसकेको स्वीकार गरेका छन् । बुधवार काठमाडौंको कीर्तिपुर नगरपालिकाको उम्मेदवारी घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो आत्म समीक्षा गरेका हुन् । 

‘हामीले हाम्रो जनताको आवश्यकता र चाहनालाई कतिपय सन्दर्भमा ध्यान दिन सकेनौँ,’ दाहालले भने, ‘हामी बदलिन चाहन्छौँ । जनताको पक्षमा, जनताको मुक्तिको लागि एउटा नयाँ आन्दोलन सुरु गर्न चाहन्छौँ ।’  आत्म समीक्षा र आत्मालोचनासहित जनताको घरमा जान, टोल टोलमा जान र प्रत्येक व्यक्तिलाई भेट्न दाहालले नेता कार्यकर्तालाई निर्देशन दिए ।

विगतमा आफूहरूले निर्वाचन प्रक्रियालाई अगाडि बढाउनेमा कतिपय त्रुटि र कमी पनि गरेको बताउँदै दाहालले टोल टोलमा, घरघरमा र जनताजनतासँग भेटेर जनताका कुरा सुन्न समय खर्चन आग्रह गरे । 

प्रकाशित: २८ कार्तिक २०८१ १३:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App