२८ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

डिपी अर्याल भन्छन्: ज्युँदो रहेसम्म रास्वपा सभापति रवि लामिछाने

हिरासत वा जेल जहाँ भए पनि सभापति पद सुरक्षित, कार्यवाहकको विषय गौण

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल(डिपी)ले ज्युँदो सभापति रवि लामिछाने ज्युँदो रहेसम्मका लागि सभापति रहेको बताएका छन् । सहकारी ठगी प्रकरणमा सभापति लामिछाने पक्राउ परेको विरोधमा आइतबार पोखरामा आयोजना गरिएको विरोध सभामा बोल्दै अर्यालले यस्तो बताएका हुन् । यस्तो अवस्थामा पार्टीको कार्यवाहक सभापतिको प्रसङ्ग पनि गौण हुने उनले बताए । 

‘यहाँहरूलाई म यही मञ्चबाट के भन्न चाहन्छु भने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति ज्युँदो रहेसम्म रवि लामिछाने नै हो,’ अर्यालले भने,‘यसमा कल्ले कार्यवाहक सभापति पाउँछ कल्ले पाउँदैन गौण कुरा हो ।’

रविको सभापति पद हिरासत वा जेल जहाँ बसे पनि कायम रहने पनि अर्यालले बताए । ‘उहाँको सभापति पद उहाँ निरन्तर जहाँ बस्नुहुन्छ । उहाँ हिरासतमा रहनुहोला, उहाँ जेलमा रहनुहोला तर राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद रवि लामिछाने नै हो  ।रवि लामिछानेले नै राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गर्नुहुनेछ ,’ अर्यालले भने । 

जेलमै बसेर पार्टी सञ्चालन गरेका इतिहास संसारभर धेरै रहेको पनि अर्यालले जिकिर गरे । उनले भने, ‘संसारमा यस्ता इतिहास धेरै छन् जसले जेलमै बसेर पार्टी सञ्चालन गरेको । यति मात्र होइन जेलबाट निस्केको भोलिपल्ट प्रधानमन्त्री बनेका इतिहासहरू संसारभर धेरै छन् ।’

प्रकाशित: २५ कार्तिक २०८१ १५:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App