७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

तीन ठुला दलले देशलाई बर्बाद बनाए: राजेन्द्र लिङदेन

<br>

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी उपनिर्वाचनमा आम मतदाताले कांग्रेस, एमाले र माओवादी केन्द्रलाई पराजित गर्नुपर्ने बताएका छन्।

तीन वटै ठुला पार्टी भ्रष्ट भएको र उनीहरुले देशलाई बर्बाद बनाएकाले आगामी उपनिर्वाचनमा जनताले उनीहरूलाई पराजित गर्नुपर्ने अध्यक्ष लिङदेनको जिकिर थियो।पार्टीको कीर्तिपुर नगर कमिटीले मंगलवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ठुला दललाई उपनिर्वाचनमा मत दिएर देशलाई बर्बाद बनाउने काममा आफैँ सहभागी हुने काम कसैले पनि गर्न नहुने बताए।

अध्यक्ष लिङदेनले रवि लामिछाने नेतृत्वको रास्वपालाई  हावादारी पार्टीको संज्ञा दिँदै सो पार्टीसँग देशलाई अघि बढाउने कुनै योजना नभएको दाबी गरे।उनले आफ्नो पार्टी मात्रै सुशासनको पक्षधर पार्टी रहेकाले जनताले उपनिर्वाचनमा साथ दिने विश्वास समेत व्यक्त गरे।

अध्यक्ष लिङदेनले आफ्नो पार्टीले जितेका स्थानीय तहले नमुनायोग्य काम गरेको भन्दै उपनिर्वाचनमा जनताले साथ दिने पनि बताए। 

प्रकाशित: १३ कार्तिक २०८१ १३:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App