१० कार्तिक २०८१ शनिबार
image/svg+xml
राजनीति

नारायणकाजीको दाबी: माओवादी सरकार हुँदा भ्रष्टाचारीको नीद हराम थियो

तस्बिर: दिपेश दर्शनधारी/नागरिक

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ आफूहरू सरकारमा हुँदा भ्रष्टाचारीको नीद हराम भएको दाबी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित माओवादी केन्द्रको खबरदारी सभालाई सम्बोधन गर्दै श्रेष्ठले यस्तो बताएका हुन्।

‘कमरेड प्रचण्डको नेतृत्वमा पछिल्लो सरकार गठन भएपछि पहिलो दिन नै प्रधानमन्त्रीको हैसियतमा मन्त्रिपरिषद्को बैठक बसेर  घोषणा गर्नु भो हाम्रो सरकारको मूल नीति सुशासन, समृद्धि र सामाजिक न्याय,’ उनले भने, ‘हामीले भ्रष्टाचार, ठगी र देशलाई लुट्नेका विरुद्ध ठुलो अभियान सुरु गरेका थियौँ ।’

देशमा राणा शासनको अन्त्य पछि माओवादी सरकारले नै सबैभन्दा राम्रो काम गरेको श्रेष्ठले दाबी गरे। ‘हामी दाबा साथ भन्छौं, यो देशमा राणा शासनको अन्तपछाडि ००७ साल पछि बनेका कुनै सरकारले नगरेको काम हाम्रो सरकारले गर्‍यो। भ्रष्टाचारीलाई कानुन र कारबाहीको दायरामा ल्यायौँ’, उनले भने।

आफ्नो सरकारमा रहेका बेला भ्रष्टाचारी थरथर काम्ने गरेको पनि उनले दाबी गरे। उनले भने, ‘त्यतिखेर प्रधानमन्त्री र यो गृहमन्त्री यो रहँदासम्म सुत्न नपाइने भो बा। नीद हराम गर्दियो। भ्रष्टाचारी ठगले त्यसो भन्थे। हामीले भनेका थियौँ जनताले सुखका साथ सुत्ने दिन आए।’ 

प्रकाशित: १० कार्तिक २०८१ १५:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App