७ कार्तिक २०८१ बुधबार
image/svg+xml
राजनीति

उपराष्ट्रपति यादवको शल्यक्रिया सफल, शुक्रबार डिस्चार्ज गरिने

उपराष्ट्रपति रामसहाय प्रसाद यादवको हर्नियाँको शल्यक्रिया सफल भएको छ। उपराष्ट्रपति यादवका निजी चिकित्सक डा. शिवजी विक्रम सिलवालका अनुसार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा गरिएको हर्नियाँको शल्यक्रिया सफल भएको हो। 

सिलवालले भने, “हाल उपराष्ट्रपति यादवको  हर्नियाँको शल्यक्रिया सफल भएको छ।उहाँलाई अहिले चिकित्सकले निगरानीमा राख्नु भएको छ ।” अस्पतालले यादवलाई शुक्रबार डिस्चार्ज गर्ने डा. सिलवालले बताए।

उपराष्ट्रपति यादव मङ्गलबार त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए। यादवको शल्यक्रिया प्राडा. रमेशसिंह भण्डारी (युनिट चिफ एन्ड लिभर ट्रान्सप्लान्ट सर्जन) र डा.सुमिता प्रधानको टिमले गरेको हो।

प्रकाशित: ७ कार्तिक २०८१ १३:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App