७ कार्तिक २०८१ बुधबार
image/svg+xml
राजनीति

सत्तारुढ दलको बैठक बालुवाटारमा बस्दै, यस्ता छन् एजेण्डा

सत्ता साझेदार दलको बैठक बस्दैछ। बैठक अहिले केहीबेरमा बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

बैठकमा सरकारको एक सय दिन पुगेको सन्दर्भमा प्रधानमन्त्री ओली सत्ता सहयात्री दलसँग छलफल गर्न लागेको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले बताए। 

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा नेपाल र नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेताहरू सहभागी हुनेछन् ।

बैठकमा सरकारले सय दिनमा गरेका काम कारबाहीका विषयमा छलफल हुने बताइएको छ। सरकारले आज सय दिनको उपलब्धी सार्वजनिक गर्ने तयारी गरिरहँदा प्रधानमन्त्री ओलीले सहयात्री दलहरुलाई बैठकमा बोलाएका हुन्।  

सरकारले एक सय दिनसम्म पनि उपलब्धिमूलक काम गर्न नसकेको तर प्रतिपक्षीलाई फुटाउने र पेल्ने रणनीतिमा मात्रै केन्द्रित रहेको भन्दै विपक्षी दल आक्रोशित हुँदै आएका छन्।  

यसैवीच प्रधानमन्त्री ओलीले दिउसो साढे २ बजे सिंहदरबारमा आफ्नो सयदिने उपलब्धी सार्वजनिक गर्दैछन्।  

सबै मन्त्रीहरूले आ–आफ्नो प्रगति प्रधानमन्त्रीलाई बुझाइसकेका छन्।  

प्रकाशित: ७ कार्तिक २०८१ ०९:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App