७ कार्तिक २०८१ बुधबार
image/svg+xml
राजनीति

विपक्षी दलहरुले आज राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराउँदै

फाइल तस्बिर

नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलहरुले आज राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराउने भएका छन्।

सरकारका कामकारबाहीबाट असन्तुष्ट विपक्षी दलहरुले आज अपराह्न ४ बजे शितल निवास पुगेर राष्ट्रपतिको ध्यानाकर्षण गराउन लागेका हुन्।

यसअघि माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी र आम जनता पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका थिए।

प्रकाशित: ७ कार्तिक २०८१ ११:१५ बुधबार

#prachanda