२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कीर्तिपुरमा एमालेको केन्द्रीय कार्यालय भवन शिलान्यास

आगामी घटस्थापनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

नेकपा (एमाले) केन्द्रीय कार्यालय भवनको निर्माण कीर्तिपुरमा सुरु भएका छ । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका- २ मैत्रीनगरमा एक कार्यक्रम भवनको शुक्रबार शिलान्यास गरेका छन् ।  

भटभटेनीका संचालक व्यावसयी मीनबहादुर गुरुङ र सावित्री गुरुङले दान गरेको १० रोपनी १४ आना जग्गामा अत्याधुनिक भवन बन्ने एमालेका महासचिव शंकर पोखरेलले बताए । उनले भवनको लागत र विस्तृत पक्ष तर्जुमाको क्रममा रहेको जानकारी दिए ।  

एमालेको हाल केन्द्रीय कार्यालय रहेको ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्टानमा बाढीले क्षति पुर्याएपछि मैत्रीनगरमा नयाँ कार्यालय भवन बनाउन लागिएको हो ।

पत्रकारको प्रश्नमा व्यावसायी गुरुङले आफूले अन्य पार्टीलाई पनि सहयोग गर्दै आएको तथा आफू पहिल्यैदेखि एमालेनिकट रहेकोले एमालेलाई सहयोग गर्न पाउनु एक अवसर भएको बताए ।  

उक्त स्थानमा एक वर्षभित्र भवन बनाएर आउने घटस्थापनाका दिन हस्तान्तरण गर्ने गुरुङले जानकारी दिए ।  

गोरखा भूकम्पले बल्खुमा रहेको अत्याधुनिक भवनमा क्षति पुगेपछि एमालेले केन्द्रीय कार्यालय विभिन्न ठाउँमा सार्दै आएको छ । धुम्बाराही, थापाथलीपछि अहिले उसको केन्द्रीय कार्यालय च्यासलमा छ । कीर्तिपुरमा भवन बनेपछि अब भने एमाले उता सर्ने छ ।

प्रकाशित: २५ आश्विन २०८१ १३:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App