१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बाढीपहिरोका कारण भएको क्षतिप्रति चिनियाँ विदेशमन्त्रीद्वारा दुःख व्यक्त

चीनका विदेश मन्त्री वाङ यीले नेपालमा बाढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

परराष्ट्र मन्त्री डा.आरजु राणा देउवालाई सन्देश पठाउँदै उनले नेपालमा भारी वर्षाका कारण बाढी र पहिरोको भएको ठूलो मानवीय र सम्पत्तिको क्षतिले आफू स्तब्ध भएको बताए।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य समेत रहेका वाङले बाढीपहिरोमा पनि ज्यान गुमाएकाहरू गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

चीनले नेपालसँग सधैं सुख–दुःख साझा गरेको र आवश्यकताअनुसार नेपालको बाढीपीडितका लागि आफ्नो क्षमताअनुसार सहयोग गर्न तयार रहेको पनि यीले बताए।

प्रकाशित: १८ आश्विन २०८१ ०७:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App