१६ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेसको कृषि तथा किसान विभागमा सदस्य मनोनित

नेपाली कांग्रेसको कृषि तथा किसान विभागमा सदस्यहरू मनोनित भएका छन् । 

सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभागमा १० जना सदस्यहरू मनोनयन गरेका हुन् । उक्त समितिको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य उमेश श्रेष्ठ छन् ।  

सभापति देउवाले कैलाश राई (खोटाङ), लालबाबु यादव (धनुषा), मिरा स्याङ्ताङ (मकवानपुर), हरिप्रसाद शर्मा लामिछाने (कास्की), हिरा केसी (रूपन्देही), खड्कबहादुर डाँगी (रूकुम पश्चिम), रमेशबहादुर रावल (डडेल्धुरा), रामबहादुर लामा (चितवन), रन्जित रसाइली (भोजपुर) र ओमप्रकाश लिम्बू (ताप्लेजुङ) लाई सदस्यमा मनोनयन गरेको कार्यवाहक मुख्य सचिव प्रदिप पराजुलीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित: १६ आश्विन २०८१ १७:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App