१६ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

तीन दिनभित्र खुर्कोट पुल सञ्चालन हुन्छ: रक्षामन्त्री राई

अविरल वर्षाका कारण क्षतविक्षत भएको बीपी राजमार्ग र खुर्कोटको पुल तीन दिनभित्रमा सञ्चालन हुने भएको छ।

रामेछाप, दोलखा,ओखलढुंगा सोलु तथा खोटाङको जनजीवनलाई प्रत्यक्ष प्रभावित पारेको वीपी राजमार्ग र त्यस अन्तर्गत पर्ने खुर्कोटको पुल सञ्चालन गर्न सरकारले काम सुरु गरिसकेको रक्षामन्त्री मानवीर राईले जानकारी दिएका छन्।

बुधबार दिउसो ओखलढुंगा, सोलु उदयपुरका जनप्रतिनिधि र राजनीतिक दलका नेता/ कार्यकर्ताहरूले बीपी राजमार्ग र खुर्कोटको पुल सञ्चालनका लागि रक्षा मन्त्री राईलाई पहल गरिदिन आग्रह गरेका थिए।

रक्षा मन्त्रालय पुगेका जनप्रतिनीधिहरुले ओखलढुङ्गा, सोलु, खोटाङ तथा रामेछाप र दोलखाको जनजीवन प्रभावित भएकाले बाढीका कारण क्षतिग्रस्त भएको बीपी राजमार्गमा खुर्कोटको पुल सञ्चालन ल्याउन माग गरेका थिए। तीन जिल्लाको नागरिकहरु आवतजावत गर्ने खुर्कोटको पुल बगाएपछि चिन्ता थपिएको थियो।

खासगरी रामेछाप, सोलुको लिखुपिके वासीहरूलाई प्रत्यक्ष असर परेको थियो। पुल चाडै सुचारु भएमा दोलखा, रामेछाप र सोलुका लिखुपिकवासीलाई सहज हुनेछ।

‘अहिले बाटो सफा गर्ने, मर्मत गर्ने काम सुचारु भइरहेको छ, दुई दिनभित्रमा मर्मतको काम  सकिने जानकारी पाएको छु। साथै, खुर्कोटको पुल सञ्चालनका लागि नेपाली सेनाले प्राविधिक सहयोग गर्ने भएको छ, त्यसका लागि अहिले नै प्राविधिक सहितको टोली हेपिलकोप्टरमा गइसकेको जानकारी पाएको छु’, रक्षामन्त्री राईले भने।

उनका अनुसार तीन चार दिनमै खर्कोटको पुल सञ्चालनमा आउने छ। भौतिक मन्त्रालयले बेलिब्रिजको सामाग्री उपलब्ध गराउने र नेपाली सेनाको प्राविधिक टोलीले जडान गर्ने भएकाले चाडै पुल सञ्चालनमा आउने भएको पनि मन्त्री राईले जानकारी दिए।

सडक सञ्चालनलाई सुचारु गराउन माग गर्दै उदयपुरका सांसद्अम्बर रायमाझी, ओखलढुङका पूर्व सांसद एवं एमाले केन्द्रीय सदस्य यज्ञराज, उदयपुरका सांसद अम्बर रायमाझी प्रदेश सांसद प्रदीप सुनुवार, सिद्धिचरण नगरपालिकका मेयर तेजनखनाल, नेपाली कांग्रेसका स्थानीय नेताहरू, सोलु एमालेका स्थानीय नेता रामकाजी लगायतको टोलीले रक्षामन्त्री राईसँग भेटघाट गरेका थिए।

भेटपछि एमाले केन्द्रीय सदस्य यज्ञराज सुनुवारले ‘ओखलढुंगा, सोलु, खोटाङ, उदयपुर तथा रामेछापको लाइपलाइन रहेको राजमार्ग र खुर्कोटको पुल यथाशीघ्र सञ्चालन ल्याउन सरकारको ध्यानाकर्षण गराएको बताए।

प्रकाशित: १६ आश्विन २०८१ १५:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App