३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रतिनिधि सभाको चौथो अधिवेशनभर चार सांसद अनुपस्थित

प्रतिनिधि सभाको चालु चौथो अधिवेशनमा १४ जना सांसद लगातार १० भन्दा बढी बैठकमा अनुपस्थित भएका छन् । त्यसमा चार जना सांसद अधिवेशनभरी नै अनुपस्थित रहेको संसद सचिवालयले जनाएको छ । 

गत वैशाख २८ गते सुरु भएको प्रतिनिधि सभाको चौथो अधिवेशन सोमबार मध्यरातिदेखि अन्त्य हुनेछ । सोमबारसम्म प्रतिनिधिसभाको ५६ वटा बैठक बसेका छन् ।

संसद् सचिवालयका अनुसार, नेकपा (एमाले)का वसन्तकुमार नेम्बाङ, राप्रपाका दीपक बोहरा तथा नेपाली कांग्रेसकी अम्बिका बस्नेत र मनोरम शेरचन अधिवेशन अवधीभर नै अनुपस्थित रहे । मस्तिष्कघात भएका नेम्बाङको उपचार चलिरहेको छ । उनी अघिल्लो अधिवेशनमा पनि उपस्थित भएका थिएनन् । बोहरा, बस्नेत र शेरचनको पनि स्वास्थ्य उपचार जारी छ ।  

यस्तै राप्रपाकी गीता बस्नेत ४७ वटा बैठकमा अनुपस्थित रहिन् । राजु थापा, नारायण खड्का, प्रकाशमान सिंह, सुनिलकुमार शर्मा, कान्तिका सेजुवाल, प्रेमबहादुर महर्जन, गोकर्णराज विष्ट, कालुराम राई र नारायणप्रकाश साउद पनि १० भन्दा बढी बैठकमा अनुपस्थित रहेका थिए । 

प्रकाशित: ३१ भाद्र २०८१ १५:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App