गृहमन्त्री रमेश लेखकले निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विषयमा समिति राज्य व्यवस्था तथा सुशासन समिति सैद्धान्तिक रूपले स्पष्ट हुन जरुरी रहेको बताएका छन्।
बिहीबार सिंहदरबारस्थित प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासनको बैठकमा बोल्दै गृहमन्त्री लेखकले अख्तियार निजी क्षेत्रमा प्रवेश गर्ने वा नगर्ने ? भन्ने विषयमा स्पष्ट हुन समितिमा अझ बढी छलफल हुनुपर्नेमा जोड दिए।
‘नीजि क्षेत्रमा अख्तियारको क्षेत्राधिकार जाने की नजाने, जाने हो भने कतिसम्म जाने? भन्ने कुरामा स्पष्टता भयो भने लेख्ने कुरामा गाह्रो हुन्न,’ गृहमन्त्री लेखकले भने, ‘पहिले त प्रिन्सिपल सेट हुनु प¥यो, प्रिन्सिपल सेट भए सोही अनुसार भाषा लख्ने हो।, भाषा लेख्ने कुरा कठिनाई होइन।’
गृहमन्त्री लेखकले छलफलका क्रममा निजी क्षेत्रमा जानु हुन्न भन्ने कुरामा आम सहमती देखिएको बताए। सरकारी पैसा निजीमा गएको अवस्थामा हेर्नुपर्छ भन्ने देखिएको पनि उनले बताए। उनले भने, ‘सरकारी पैसामा निजीमा गएकोमा कस्तो गएको ? ऋण गएको की अनुदान गएको ? अथवा जाने प्रक्रियालाई समात्ने हो की ? जुन सरकारी पैसा गएको छ त्यो हकसम्म मात्रै हेर्ने हो की। उसको आफ्नो पनि हेर्ने हो की ? यो कुरामा समिति पहिले सिद्धान्तः स्पष्ट होस।’
निजीमा प्रवेश गर्दा कति गर्ने भन्ने कुरामा पनि समिति सैद्धान्तिक रुपले स्पष्ट हुनुपर्नेमा गृहमन्त्री लेखकले जोड दिए।
प्रकाशित: २७ भाद्र २०८१ १३:०७ बिहीबार





