१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

बिआरआई परियोजना कार्यान्वयन गर्नुपर्नेमा सांसद चौधरीको जोड

नेकपा(एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले बिआरआई परियोजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद चौधरीले बिआरआई परियोजना कार्यान्वयनमा ध्यान दिन सरकारलाई आग्रह गरेका हुन।

उनले बिआरआई परियोजना अनुदानमा ल्याउनुपर्ने बताए। अनुदानमा नभए कमभन्दा कम व्याजदरमा ल्याएर भएपनि परियोजना कार्यान्वयन गर्नुपर्ने उनको भनाई छ। उनले परियोजना कार्यान्वयनसँगै व्यापार हुने, नहुने स्थितिको सम्बन्धमा भने ध्यान दिनुपर्ने बताए।  

सांसद चौधरीले बिआरआई परियोजनाको कार्यान्वयनसँगै नेपालले विश्वसँग जोडिने स्वर्णिम मौका पाउने धारणा राखे। 

प्रकाशित: २५ भाद्र २०८१ १६:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App