गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले दसैँका माध्यमबाट नेपालीबीच आपसी प्रेम, देशभक्ति, करुणा र अहिंसाको भावना बढाउने विश्वास व्यक्त गरेका छन्।
दसैँका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले चाडपर्वको संरक्षणबाट राष्ट्र र राष्ट्रियताप्रति सम्मान एवं प्रेमको भावना जागृत हुने बताए।
सन्देशमा उनले दसैँले राष्ट्र पुनर्निर्माणमा नयाँ जोश, जाँगर र उत्साहका साथै सामाजिक–सांस्कृतिक एकता कायम राख्न प्रेरणा दिने विश्वास व्यक्त गरे।
प्रकाशित: ३१ आश्विन २०८३ १३:२८ शनिबार



-600x400.jpg)

