३१ भाद्र २०८१ सोमबार
image/svg+xml
राजनीति

महिलाको जीवनमा गुणात्मक रुपान्तरण ल्याउनु प्रमुख कार्यभार :अध्यक्ष दाहाल

फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले महिलाको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा गुणात्मक रुपान्तरण ल्याउनु अबको प्रमुख कार्यभार भएको बताएका छन् ।

हरितालिका तीजका अवसरमा शुक्रबार शुभकामना दिँदै अध्यक्ष दाहालले सामाजिक रुपान्तरणका लागि तीजबाट प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गरेका छन् । उनले जनयुद्ध तथा ऐतिहासिक जनआन्दोलनका बलमा जारी भएको नेपालको संविधानबाट प्राप्त अधिकारको पूर्ण कार्यान्वयनमा जोड दिए ।

अध्यक्ष दाहालले हरितालिका तीजका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा, दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवं सुस्वास्थ्य र दीर्घ जीवनको शुभकामना व्यक्त गरेका छन ।

नेपाली महिलाले परापूर्वकालदेखि धार्मिक सांस्कृतिक पर्वका रुपमा मनाउँदै आएको तीजका मौलिक पक्षको संरक्षण गर्नुका साथै नेपाली समाजमा आएको परिवर्तनलाई आत्मसात् गर्दै यसलाई लैङ्गिक समानता र सामाजिक सशक्तीकरणका अवसरका रुपमा समेत लिनुहुने छ भन्ने विश्वास व्यक्त गर्दछु’, अध्यक्ष दाहालले शुभकामना सन्देशमा भनेका छन्।  

प्रकाशित: २१ भाद्र २०८१ ११:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App