३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमाले पोलिटब्युरो बैठक आज पनि, सदस्यहरूलाई धारणा राख्न ३ मिनेटको समय

नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठक बिहान ११ बजेबाट सुरू हुनेछ।

आजको बैठकमा पोलिटब्युरो सदस्यहरूले धारणा राख्ने र प्रत्येक सदस्यहरूलाई बोल्न तीन मिनेट समय दिइने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।

मङ्गलवारबाट सुरु भएको बैठकको पहिलो दिन महासचिव शंकर पोखरेलले निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए। कार्ययोजनामा सदस्यतादेखि संगठन विस्तारको खाका प्रस्तुत गरिएको छ।

संगठित सदस्यको संख्या १० लाख पुर्‍याउने एमालेको लक्ष्य रहेको छ। वडामा कुल मतदाताको तीन प्रतिशत र पालिका र जिल्लामा १० प्रतिशत संगठित सदस्य बनाउन सके १० लाखको लक्ष्य पूरा हुने कार्ययोजनामा उल्लेख छ।

जनसंगठनहरूलाई अधिवेशनमार्फत चुस्त र उनीहरूका काम प्रभावकारी तुल्याइनुपर्ने कार्ययोजनामा उल्लेख गरिएको प्रचार विभाग प्रमुख गौतमले बताए।

एमालेले तहगत कमिटीमा १० देखि ३३ प्रतिशतसम्म युवा सहभागितालाई सुनिश्चितता गर्ने गरी कार्ययोजना अघि सारेको छ।

प्रकाशित: १९ भाद्र २०८१ ०७:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App